काठमाडौंको कपनमा रहेको बाल उद्धार माध्यमिक विद्यालयको प्रांगणमा प्रधानाध्यापकमाथि कुटपिट भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विद्यालय परिसरमा भएको उक्त घटनाको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट परिचालित टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ३६ वर्षीय निशान दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भएका ४४ वर्षीय ध्रुव प्रसाद घिमिरे छन् ।
विद्यालयमा कार्यरत एक महिला शिक्षकलाई दाहालले अपशब्द बोल्ने र धाकधम्की दिने गरेको तथा घिमिरेको निर्देशनमा उनैले कुटपिट गरेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







