मुख्य सामग्रीमा जानुहोस्

अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना, बुबा–छोराको घटनास्थलैमा मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२, भूमेकाथानमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बुबा र छोरा रहेका छन् भने घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना, बुबा–छोराको घटनास्थलैमा मृत्यु
Nagariknetwork

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित भूमेकाथानमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका बुबा र छोराको घटनास्थलमै ज्यान गएको छ। लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए। छोराको नाम भने प्रहरीले खुलाएको छैन।

दुर्घटनामा परी दुवै जनाको उपचारका लागि लगिनुअघि नै घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।