मुख्य सामग्रीमा जानुहोस्

डडेल्धुराको खसरेखानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा बिहान भएको जिप दुर्घटनामा परी दार्चुलाका दुई युवकको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

दुर्घटनाको विवरण

डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।

धनगढीदेखि दार्चुला जाँदै गरेको सु.प्र. ०१००१ ज १८५० नम्बरको बोलेरो जिप करिब पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।