मुख्य सामग्रीमा जानुहोस्

दाङको बङ्गलाचुली जङ्गलबाट ११ अवैध भरुवा बन्दुक बरामद

दाङको बङ्गलाचुली गाउँपालिका–८ मा रहेको पिपली जङ्गलबाट प्रहरीले ११ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले ती बन्दुक लुकाइ राखेको अवस्थामा फेला पारेको हो। यसअघि पनि लमही क्षेत्रबाट दुई बन्दुक बरामद भइसकेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

दाङको बङ्गलाचुली गाउँपालिका–८ स्थित पिपली जङ्गलको झाडीमा लुकाइ राखेको अवस्थामा प्रहरीले ११ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ। बिहीबार बिहान विशेष सूचनाका आधारमा प्रहरीचौकी रामपुरबाट खटिएको टोलीले खानतलासी गर्दा ती बन्दुक फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार बरामद बन्दुकमा १० वटा चालु अवस्थामा र एक नाल नचल्ने अवस्थामा रहेका छन्। उनले बन्दुक कसले कुन उद्देश्यले राखेको भन्नेबारे अनुसन्धान भइरहेको बताए।

दाङमा लगातार तीन दिनको अवधिमा १४ वटा अवैध भरुवा बन्दुक फेला परेका छन्। यसअघि मङ्गलबार लमही नगरपालिका–१ स्थित बकेन सामुदायिक वनबाट एक र सोमबार लमही नगरपालिका–९ को च्याउखोला क्षेत्रको बिरह सामुदायिक वनबाट पनि एक/एक थान बन्दुक बरामद भएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।