मुख्य सामग्रीमा जानुहोस्

एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने, सचिव खड्काको संकेतपछि लिगले पुष्टि गर्यो

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। क्यानका सचिव पारस खड्काले स्केच भिडियो सामग्री सेयर गरेलगत्तै लिगले मंगलबार आधिकारिक रूपमा यो निर्णय सार्वजनिक गरेको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने, सचिव खड्काको संकेतपछि लिगले पुष्टि गर्यो
Nagariknetwork

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। लिगले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सो जानकारी सार्वजनिक गरेको छ। यसअघि नेपाली घरेलु क्रिकेट प्रतियोगितामा यो प्रविधि प्रयोग भएको थिएन।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले स्केच भिडियो सामग्री सेयर गर्दै नेपालमा डीआरएस प्रयोग हुने संकेत गरेका थिए। त्यसलगत्तै एनपीएलले पनि डीआरएस प्रयोग गर्न लागेको विषय औपचारिक रूपमा बाहिर ल्याएको हो।

यो निर्णयसँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग विस्तार हुने र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने दिशामा नयाँ उपलब्धि थपिने भएको छ। मैदानमा खेलाडी तथा अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्न सकिने यो प्रणाली लागू हुँदा लिगका खेलमा हुने विवादास्पद निर्णयको सम्भावना कम हुने अपेक्षा गरिएको छ।