मुख्य सामग्रीमा जानुहोस्

हेटौंडा-काठमाडौं वैकल्पिक मार्गको चिसापानी पुल मर्मत सुरु

हेटौंडा-काठमाडौं छोटो दुरीको वैकल्पिक मार्गमा पर्ने भीमफेदी–६ स्थित चिसापानी फलामे पुलको मर्मत सम्भार सुरु गरिएको छ। पुल जीर्ण भएपछि यातायात सहज बनाउन खोलामा डाइर्भसन बनाइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
हेटौंडा-काठमाडौं वैकल्पिक मार्गको चिसापानी पुल मर्मत सुरु

हेटौंडा-काठमाडौं जोड्ने छोटो वैकल्पिक मार्गअन्तर्गत भीमफेदी–६ स्थित चिसापानी पुलको मर्मत कार्य थालिएको छ। करिब चार दशकअघि निर्माण गरिएको उक्त फलामे ट्रष्ट ब्रिजमा राखिएका काठ मक्किएको र फलामका पाता उप्किएकाले सवारी आवागमनमा समस्या आएपछि मर्मत सुरु गरिएको हो।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नवीन सिंहले पुलको मर्मतका लागि भैंसे-भीमफेदी सडकखण्डको प्रयोगविहिन फलामे पुलबाट फलाम झिकेर चिसापानी पुलमा राख्ने काम भइरहेको जानकारी दिए। मर्मत चलिरहेकाले हेटौंडा-काठमाडौं आउजाउ गर्ने सवारीका लागि खोलामा डाइर्भसन बनाइएको छ, जसले सवारी सञ्चालनमा सहजता ल्याएको छ।

पुलको चौडाइ ३ मिटर र लम्बाइ ४० मिटर रहेको छ। दैनिक दुई हजारभन्दा बढी सवारीसाधनले यो पुल प्रयोग गर्दै आएको प्रमुख सिंहले बताए। मर्मत कार्य सम्पन्न नहुँदासम्म डाइर्भसन प्रयोगमा रहनेछ।