मुख्य सामग्रीमा जानुहोस्

असारमा ४७ खाद्य उद्योगको अनुगमन, धेरैमा स्वच्छता मापदण्ड उल्लंघन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असारमा ४७ खाद्य उद्योग तथा व्यवसायमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश उद्योगमा स्वच्छताको गम्भीर लापरबाही फेला परेको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिएकी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
असारमा ४७ खाद्य उद्योगको अनुगमन, धेरैमा स्वच्छता मापदण्ड उल्लंघन

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असार महिनाभरि देशभरका ४७ खाद्य उद्योग तथा व्यवसायमा अनुगमन गरेको छ। निरीक्षणको क्रममा अधिकांश स्थानमा खाद्य स्वच्छताका मापदण्ड पालना नभएको पाइएको छ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार अनुगमन गरिएका अधिकांश खाद्य उद्योग तथा व्यवसायले खाद्य स्वच्छताको साधारण नियमसमेत पालना गरेका छैनन्। विशेषगरी रेस्टुरेन्ट, क्यान्टिन र खाजा घरका भान्साहरूमा सरसफाइ अत्यन्तै कमजोर पाइएको छ।

उनले भनिन्, 'धेरैजसो ठाउँमा भुइँ, भित्ता, सिलिङ र पकाउने भाँडाकुँडा फोहोर र अव्यवस्थित अवस्थामा थिए। कतिपय किचेनमा ढक्कन नभएका डस्टबिन राखिएको पाइयो, जसले हानिकारक सूक्ष्म जीव तथा रसायन एक वस्तुबाट अर्कोमा सजिलै सर्ने जोखिम हुन्छ।' भण्डारण प्रणालीमा पनि समस्या देखिएको उनले बताइन्।