मुख्य सामग्रीमा जानुहोस्

भारी वर्षाको पूर्वानुमानपछि देशभरका अस्पताललाई सतर्क रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ । यही जोखिमलाई ध्यान दिँदै स्वास्थ्य तथा खाद्य…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भारी वर्षाको पूर्वानुमानपछि देशभरका अस्पताललाई सतर्क रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
Online Khabar

७ असोज, काठमाडौं । आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको अवस्थामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले सो निर्देशन जारी गरेको हो । मौसमको यो पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेका हुन् ।

हाल पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको छ । निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक र जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न भनिएको छ ।

साथै आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न र विपद्को समयमा सेवा प्रवाहमा कुनै अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउने, एम्बुलेन्स सेवाको समन्वय तथा सञ्चालनलाई चुस्त बनाउने र आवश्यकताअनुसार सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी सहजीकरण गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।