स्तन क्यान्सरसम्बन्धी जनचेतना बढाउने लक्ष्यसहित ‘पिंकवाक–२०२६’ शनिबार हुँदैछ। आयोजकका अनुसार पदयात्रा बिहान ६ बजे वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भई ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ।
इन्फिनिट केयर्स र क्यान्सर केयर नेपालको सहकार्यमा आयोजना हुने यो पदयात्रामा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भइसकेका व्यक्ति, प्रभावित परिवार, सञ्चारकर्मी तथा सर्वसाधारण गरी विविध पृष्ठभूमिका व्यक्तिको सहभागिता रहने आयोजकले जनाएको छ।
अभियानमा सहभागी हुन चाहने इच्छुकले ईसेवा एपमार्फत दर्ता गर्न सक्नेछन्। दुई दरबार क्षेत्र जोड्ने गरी तय गरिएको यो पदयात्रा शनिबार बिहान निर्धारित समयमा सुरु हुने आयोजकले जानकारी दिएको छ।







