मुख्य सामग्रीमा जानुहोस्

गायिका उमादेवी खनाल र भजन गायक शिव शर्माको नयाँ भजन 'कलियुगमा सुल्टो सोच्दा उल्टो' सार्वजनिक

काठमाडौँ — पछिल्लो समय नेपालमा भजन गीतहरूको राम्रो लहर चलेको छ। त्यसमाथि श्रावण महिनामा शिव भजनहरू आउने क्रम जारि रहेको बेला गायिका उमादेवी खनाल र गायक तथा संगीतकार शिव शर्माको स्वरमा नयाँ भजन 'कलियुगमा सुल्टो सोच्दा…

अर्जुन पौडेल

· १ मिनेटको पढाइ

४५पटक हेरिएकोटिप्पणीशेयर
गायिका उमादेवी खनाल र भजन गायक शिव शर्माको नयाँ भजन 'कलियुगमा सुल्टो सोच्दा उल्टो' सार्वजनिक

काठमाडौँ — पछिल्लो समय नेपालमा भजन गीतहरूको राम्रो लहर चलेको छ। त्यसमाथि श्रावण महिनामा शिव भजनहरू आउने क्रम जारि रहेको बेला गायिका उमादेवी खनाल र गायक तथा संगीतकार शिव शर्माको स्वरमा नयाँ भजन 'कलियुगमा सुल्टो सोच्दा उल्टो' सार्वजनिक भएको छ।

कलियुगको वर्तमान समयमा सत्य, धर्म र सत्कर्मको बाटोमा हिँड्न खोज्दा आइपर्ने विडम्बना र चुनौतीलाई यस भजनले मुख्य विषय बनाएको छ। शिव शर्माकै शब्द तथा संगीत रहेको भजनले संसारिक मोह, धन-सम्पत्तिको निस्सारता, मानिसको मनको शान्ति र कर्मको महत्त्वलाई अत्यन्त मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ।

“आज पाप गरे देखि भोगिन्छ रे भोलि” जस्ता पंक्तिमार्फत भजनले मानव जीवनको यथार्थ चित्रण गर्दै श्रोताहरूलाई सत्कर्ममा लाग्न, अरूको मन नदुखाउन र भक्ति भावमा बाँच्न प्रेरित गरेको छ। मरेर जाँदा कुनै पनि कुरा साथमा नलैजाने कुरालाई पनि सरल भाषामा सम्झाएको छ।

प्रविन थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा उमादेवी खनाल, शिव शर्मा, सीता सापकोटा, सुशील सापकोटा, पुष्पा शर्मा, अन्जिला लामिछाने र इश्नेहा सुवेदीको अभिनय रहेको छ। जयन्द्र कुँवरको छायाङ्कन, अमृत चापागाईँको सम्पादन तथा रङ संयोजन छ।

यम थापा मगरको संगीत संयोजन, विनोद परियारको मिक्सिङ र मास्टरिङ रहेको यस भजनलाई ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो। पोस्ट प्रोडक्सन जनता डिजिटल फिल्म्सले गरेको छ। भजन निर्माणमा भानुभक्त खनाल, अनीषा पौडेल खनाल र ईश्वर खनालले विशेष सहयोग पुर्‍याएका छन्।

यो भजनले जीवित छँदै राम्रो कर्म गर्दै भक्तिमा लाग्न र मरेपछि पनि सम्झन योग्य बन्नका लागि सकारात्मक सन्देश दिएको छ।

श्रावण महिनाको यो समयमा शिव भजनहरूको निरन्तर आगमनले भक्तजनहरूलाई थप ऊर्जा दिइरहेको छ।