नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोष कुमार थापा नियुक्त भएका छन्। उनलाई बुधबार शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले मन्त्रालयमा आयोजित एक कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेकी हुन्।
थापा प्रधानमन्त्री बालेन्द्र शाहको निकट मानिन्छन्। यसअघि स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा शाहलाई विजयी बनाउन उनले सहयोग गरेका थिए। स्रोतका अनुसार थापा लामो समयदेखि स्काउट आन्दोलनमा सक्रिय छन्।
नवनियुक्त प्रमुख आयुक्तलाई शिक्षा तथा खेलकुद मन्त्रालयले औपचारिक रूपमा जिम्मेवारी प्रदान गरेको हो।
