नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन्। प्रतिनिधि सभा सदस्य पौडेलमाथि कालो मसी प्रहार गरिएको थियो।
सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस घटनालाई निन्दनीय भन्दै कडा प्रतिक्रिया दिएका हुन्। उनले लेखेका छन्, “प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ। असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन।”
बारा–४ बाट निर्वाचित सांसद पौडेलमाथि कालो मसी प्रहारको घटनाप्रति थापाले असहमति व्यक्त गर्दै भने, “लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ। तर कुनैपनि व्यक्ति माथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनैपनि हालतमा स्वीकार्य हुन सक्दैन।”
