मुख्य सामग्रीमा जानुहोस्

बाढीले क्षतविक्षत बनाएको नारायणी किनारमा साँझपख पर्यटकको भीड बढ्दो

नारायणगढको नारायणी किनारमा दिन ढल्ने बित्तिकै घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल सुरु हुन्छ। यसपटकको बाढीले नारायणगढतर्फको किनारमा क्षति पुर्याए पनि गैंडाकोटतर्फ बालुवा थुप्रिएर नयाँ आकर्षण बनेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
बाढीले क्षतविक्षत बनाएको नारायणी किनारमा साँझपख पर्यटकको भीड बढ्दो
eKantipur

चितवन — असोज ११ मा आएको ठूलो बाढीले नारायणगढतर्फको नारायणी नदी किनारलाई नराम्ररी क्षतविक्षत बनाएको छ। तर बिग्रिएको त्यही किनारमा बेलुका घुम्न आउने आन्तरिक पर्यटकको भीड भने हिजोआज बढ्दै गएको छ।

साँझपख नदी किनारमा पुग्नेहरूको संख्या दिनप्रतिदिन थपिँदै छ। पारिपट्टि गैंडाकोटतर्फ भने बाढीले बगाएर ल्याएको बालुवा पहिलेभन्दा निकै धेरै थुप्रिएको छ, जसका कारण त्यो किनार अझ रमणीय बनेको छ।

अस्ताउँदो घामको आकर्षण

शनिबार बेलुका घाम डुब्दै गर्दा उत्तरतिर हिमाल चम्किएको देखिन्थ्यो। गैंडाकोटतर्फको किनारमा यसपटक भीड निकै घना रह्यो। नदीमा मोटरबोटहरू दौडिरहेका थिए। नारायणगढ पुलमा बसेर अस्ताउँदो घामसँगै फोटो र भिडियो खिच्नेहरू पनि भेटिए।

नगर वनलाई देब्रे पारेर डुबेको घामको दृश्य मनमोहक बनेको थियो। साँझ नजिकिँदै गर्दा साना–ठूला चराहरू गुँडतिर फर्कंदै थिए।

यहाँका दृश्यहरू कान्तिपुरका चितवन संवाददाता रमेशकुमार पौडेलले खिचेका हुन्। उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन्।