यूटीआर प्रो टेनिस टुर (पीटीटी) अन्तर्गत भारतको बेंगलुरुमा आइतबार सुरु हुने प्रतियोगितामा नेपालका अभिषेक बास्तोलाले प्रतिस्पर्धा गर्ने भएका छन्। चालु वर्षमा उनको यो पाँचौँ पीटीटी सहभागिता हो।
यस टुरका लागि छनोट हुने नेपाली खेलाडी उनी मात्र हुन्। पहिलो चरणमा उनको भिडन्त भारतका वंश बिस्टसँग हुनेछ। आइतबारै हुने उक्त खेलबाट उनले प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछन्।
अभिषेकको हालको यूटीआर (युनिभर्सल टेनिस रेटिङ) ११.७५ रहेको छ। गत महिना जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा सहभागी उनले चौथो पटक एसियाड खेलेका हुन्।
प्रतियोगिताको पुरस्कार संरचनाअनुसार विजेताले ३ हजार ६ सय अमेरिकी डलर पाउनेछन् भने उपविजेताको हातमा २ हजार ७५ डलर पर्नेछ। सेमिफाइनलसम्म पुग्ने खेलाडीले २३ सय २५ डलर प्राप्त गर्नेछन् र २०औँ स्थानसम्म रहेका खेलाडीसम्मलाई पुरस्कार दिइने छ।
व्यावसायिक टेनिसमा सक्रिय अभिषेक आफ्नै प्रयासमा प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका छन्।







