मुख्य सामग्रीमा जानुहोस्

सुन प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा थप एक जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो। पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

सुन प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा थप एक जना पक्राउ परेका छन्। 

राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो। 

पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका हुन‍्। 

योसँगै विभागले १७ जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार बुधबार सोह्रखुट्टेस्थित एक गोदाममा विभागले छापा मारेको छ। जहाँबाट ब्रेक शु लगायत विभिन्न सामान बरामद गरेको छ। त्यहाँबाट ६६ पोका सामान बरामद गरेको छ।