बागलुङ — ढोरपाटन नगरपालिका–९ सुकुरदुङस्थित ढोरपाटन–सालझण्डी सडक खण्डमा यात्रुवाहक जिपमाथि पहिरो खसेको छ। सोमबार राति गएको पहिरोले ग१य ९८२ नम्बरको स्कार्पियो जिपको अगाडिको भाग पुरेको छ।
जिपमा पोखराबाट ढोरपाटन घुम्न गएका पाँच जना यात्रु सवार थिए। पहिरो खस्न थालेपछि उनीहरु तुरुन्तै भागेका कारण कुनै व्यक्तिगत क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर त्वातीले बताए। सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए।
पहिरोले सडक अवरुद्ध बनाएको छ। प्रहरी र स्थानीयले एक्स्काभेटर प्रयोग गरी पहिरो हटाउने र जिप निकाल्ने कार्य गरेका छन्। पहिरो हटाएर सडक सुचारु गराउन दिनभर लाग्ने प्रहरीको अनुमान छ।
