दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ता पशुपतिनाथ दर्शनका लागि आउने भएकी छन्।
भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारको नेतृत्व गरिरहेकी गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने मनसुवा राखेकी हुन्। उनले पशुपतिनाथप्रति आस्था प्रकट गर्दै दर्शनको चाहना व्यक्त गरेको जनाइएको छ।
