मुख्य सामग्रीमा जानुहोस्

हिन्दू धर्मको एजेन्डा नबोक्न प्रचण्डको देउवालाई चेतावनी

नेकपा संयोजक प्रचण्डले कांग्रेस नेता शेरबहादुर देउवालाई हिन्दू धर्मको एजेन्डा नबोक्न चेतावनी दिएका छन्। बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले देउवाको हिन्दू भन्ने अभिव्यक्ति धर्मनिरपेक्षताबाट पछि हट्ने संकेत…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई हिन्दू धर्मको एजेन्डा अघि नबढाउन चेतावनी दिएका छन्। संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षतालाई छाडेर देउवाले हिन्दू धर्मको कुरा उठाउनु गलत भएको प्रचण्डको भनाइ छ।

मंगलबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा देउवाले आफूलाई हिन्दू भनेर दिएको अभिव्यक्तितर्फ प्रश्न उठाए। देउवाको सो अभिव्यक्तिले धर्मनिरपेक्षताबाट पछि हट्ने संकेत गरेको उनको ठम्याइ छ।

आफैंले बनाएको संविधानभन्दा दायाँबायाँ हिँड्न नहुने पनि प्रचण्डको तर्क छ। संविधानको मर्मविपरीत जाँदा देउवा आफैं समाप्त हुने र देश दुर्घटनामा फस्ने उनले बताए।

सरकारविरुद्ध आरोप

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारले संविधान, लोकतन्त्र र व्यवस्थाविरुद्ध काम गरिरहेको आरोप लगाए। बालेनको नेतृत्वमा सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर आक्रमण भइरहेको उनको दाबी छ।

सडक आन्दोलनबारे निर्देशन

सरकारका गलत कदमका विरुद्ध खबरदारी गर्नुपर्ने भन्दै प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक परे सडक आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन्।