काठमाडौं, ३ भदौ । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई सुम्पिएको छ । बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्री शेर्पालाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको उक्त बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ । मन्त्री शेर्पाले यी निर्णयहरूबारे जानकारी दिएका छन् ।
यसैगरी, मन्त्रिपरिषद्ले तीनवटा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।







