मुख्य सामग्रीमा जानुहोस्

सुशासन र समावेशी विकास नै सरकारको मुख्य प्राथमिकता : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले सुशासन, दिगो विकास, उत्पादन र रोजगारीलाई सरकारको पहिलो प्राथमिकता बनाइने बताएका छन्। विकासलाई केही सहर र क्षेत्रमा सीमित नगरी सबै भूगोल, वर्ग र समुदायसम्म पुर्याउने उनको भनाइ छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सुशासन र समावेशी विकास नै सरकारको मुख्य प्राथमिकता : मुख्यमन्त्री भट्ट
Online Khabar

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सरकारको पहिलो प्राथमिकता सुशासन, दिगो विकास, उत्पादन, रोजगारी र जनताको जीवनमा परिवर्तन ल्याउने विषय हुने बताएका छन्। विकासलाई अब केही सहर र क्षेत्रमा मात्र सीमित नराखिने उनको भनाइ छ।

भदौ ३ गते प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा बोल्दै मुख्यमन्त्री भट्टले पहाड, हिमाल र तराईलाई समान अवसर र प्राथमिकतासँग जोडेर सन्तुलित, समानुपातिक र समावेशी विकासको सिद्धान्त अंगिकार गरिने प्रतिबद्धता व्यक्त गरे। कुनै भूगोल, वर्ग, समुदाय वा नागरिकलाई विकासको अवसरबाट पछाडि नपारिने उनले स्पष्ट पारे।

विकासलाई सडक, भवन र भौतिक संरचनामा मात्र सीमित नराखिने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, उद्यम र मानव विकासलाई विकासको आधार बनाइने बताए। सर्वसाधारणले सपना देख्न सक्ने र उनीहरूको जीवनसँग जोडिने विषयलाई सरकारको प्रस्थानविन्दु बनाएर अघि बढ्ने उनको भनाइ छ।