मुख्य सामग्रीमा जानुहोस्

एनआरएनए एनसीसी अमेरीकाको अध्यक्षमा डा. बंजाडे र उनको टीम जीतको नजीक

टेक्सस(अमेरिका) | गैर आवासीय नेपाली संघ, अमेरीकामा चुनाबी माहौल तात्दै गर्दा हिजो भएको डा. अर्जुन बंजाडे र सुमन थापा बिचको संयुक्त पत्रकार सम्मेलनले नयॉ मोड लिएको छ। एनआरएनए एनसीसी अमेरीकाका प्रभावशाली प्रत्यासी सुमन…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

एनआरएनए एनसीसी अमेरीकाको अध्यक्षमा डा. बंजाडे र उनको टीम जीतको नजीक

टेक्सस(अमेरिका) | गैर आवासीय नेपाली संघ, अमेरीकामा चुनाबी माहौल तात्दै गर्दा हिजो भएको डा. अर्जुन बंजाडे र सुमन थापा बिचको संयुक्त पत्रकार सम्मेलनले नयॉ मोड लिएको छ। एनआरएनए एनसीसी अमेरीकाका प्रभावशाली प्रत्यासी सुमन थापाले पत्रकार सम्मेलन गरेर आफूले डा. अर्जुन बंजाडेलाई निःशर्त सहयोग गर्ने भन्ने जानकारी गराएपछि डा. बंजाडे जीतको नजीक पुगेकोछ।

अमेरीकामा सबैभन्दा धेरै सदस्यहरू रहेको राज्य टेक्सासबाटै दुईजना उम्मेदवार भएको कारणले दुबिधामा रहेका टेक्सासबासी सर्बसाधारणहरू आजको सुमन र डा. बंजाडेको संयुक्त पत्रकार सम्मेलनले अबआफूहरूलाई डा. बंजाडेलाई भोट हाल्न सजिलो भएको बताईरहेकाछन्।

अधिकॉश राज्य च्याप्टरहरूमा डा. बंजाडे समर्थित उम्मेदवारहरू निर्बिरोध निर्बाचित भैसकेकाछन् भने क्षेत्रीय तथा राष्ट्रिय स्तरमा उनी समर्थित उम्मेदवारहरू निकै अगाडि देखिन्छन्। निश्पक्ष पत्रीकाहरूले गरेको भोटिंग सर्बेमा पनि डा. बंजाडे निकै अगाडी देखिएकाछन्।

एक स्वतन्त्र अनलाईन मत-सर्बे अनुसार डा. अर्जुन बंजाडे ५९%, डिलु पराजुली ३१% र सुमन थापा १०% मा थिए भने सुमन थापाको डा. अर्जुनलाई गरेको समर्थन बाट डा. बंजाडेले दुईदिहाई भन्दा बढी भोटले अगाडी बढेको देखिन्छ।