मुख्य सामग्रीमा जानुहोस्

अध्यक्ष मात्रै हटाएर पुरानै संरचना कायम राख्दा पुनर्गठन हुन्छ ? एमाले नेतृ झाँक्रीको प्रश्न

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पुनर्गठन अभियानबारे फेसबुकमा कटाक्ष गरेकी छन्। उनले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा प्रश्न गर्दै अध्यक्ष मात्रै हटाएर पुरानै संरचना कायम राख्नुलाई पुनर्गठन नहुने बताएकी छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
अध्यक्ष मात्रै हटाएर पुरानै संरचना कायम राख्दा पुनर्गठन हुन्छ ? एमाले नेतृ झाँक्रीको प्रश्न
Online Khabar

भदौ ७, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र जारी पुनर्गठन अभियानप्रति आफू अनभिज्ञ रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीको पक्षमा फेसबुकमा कटाक्ष गरेकी छन् ।

उनले पुनर्गठनको नाममा अध्यक्ष मात्रै हटाएर बाँकी पुरानै संरचना र कार्यशैली कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न नमिल्ने प्रश्न गरेकी हुन् । उनको भनाइमा पुरानै अनुहार र शक्ति सम्बन्ध कायम राख्दा पुनर्गठनको अर्थ नरहने संकेत छ ।

“एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?”

झाँक्रीले जेनजी आन्दोलनको अघिल्लो दिन सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रका सवालमा प्रश्न नउठेको समेत स्मरण गराएकी छन् । उनको उक्त स्टाटसमा एमालेका युवा नेताहरूले प्रतिक्रिया दिइरहेका छन् ।