मुख्य सामग्रीमा जानुहोस्

क्रिकेट अस्ट्रेलियाद्वारा बाढीपीडित नेपालीप्रति ऐक्यबद्धता, युनिसेफ राहत अभियानमा सहयोगको अपिल

रसुवा केन्द्रित विनाशकारी बाढीपछि क्रिकेट अस्ट्रेलियाले नेपाल र प्रभावित सबैप्रति आफ्नो समर्थन व्यक्त गरेको छ। बोर्डले युनिसेफ अस्ट्रेलियामार्फत आपत्कालीन राहतमा सहयोग पुर्‍याउन आग्रह गरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
क्रिकेट अस्ट्रेलियाद्वारा बाढीपीडित नेपालीप्रति ऐक्यबद्धता, युनिसेफ राहत अभियानमा सहयोगको अपिल
Online Khabar

रसुवाबाट सुरु भएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। सामाजिक सञ्जालमार्फत बोर्डले नेपाल र बाढीबाट प्रभावित सबैप्रति आफ्नो विचार तथा समर्थन रहेको बताएको छ।

क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपत्कालीन राहत अभियानमा सहयोग गर्न पनि अपिल गरेको छ। सो अभियानमार्फत प्रभावित बालबालिकालाई जीवनरक्षक स्वास्थ्य सेवा, पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदै आएको छ।

भीषण बाढीले हजारौं बालबालिका र परिवारलाई विस्थापित बनाएको छ भने धेरैको मृत्यु, घाइते तथा बेपत्ता भएको पुष्टि भइसकेको छ। यही अवस्थामा युनिसेफले आपत्कालीन राहत अभियान अघि बढाएको हो।

नेपाल सरकार र साझेदार संस्थासँग मिलेर युनिसेफले विपद्पछि प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न आपत्कालीन स्वास्थ्य सेवा, जीवनरक्षक पोषण, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका सामग्री उपलब्ध गराउने काम गरिरहेको जनाएको छ। बाल संरक्षण र मनोसामाजिक सहयोगलाई पनि प्राथमिकतामा राखिएको छ।