मुख्य सामग्रीमा जानुहोस्

एनपीएल सिजन ३ का लागि 'एक्सट्रिम एन्थम' सार्वजनिक, क्रिकेटको जोसलाई संगीतमा उतार्ने दाबी

नेपाल प्रिमियर लिग सिजन ३ को अवसर पारेर एक्सट्रिम इनर्जी ड्रिंकले 'एक्सट्रिम एन्थम' सार्वजनिक गरेको छ । कम्पनीले एनपीएलका छ टोलीसँग मुख्य प्रायोजकका रूपमा र एक टोलीसँग जर्सी प्रायोजनमा साझेदारी गरेको जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
एनपीएल सिजन ३ का लागि 'एक्सट्रिम एन्थम' सार्वजनिक, क्रिकेटको जोसलाई संगीतमा उतार्ने दाबी
eKantipur

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसर पारेर एक्सट्रिम इनर्जी ड्रिंकले 'एक्सट्रिम एन्थम' सार्वजनिक गरेको छ । मैदानभित्रको प्रतिस्पर्धा र मैदानबाहिरको समर्थकीय उत्साहलाई संगीतको लयमा बाँध्ने उद्देश्यसहित तयार गरिएको यो गीत कम्पनीको आधिकारिक युट्युब तथा टिकटक खातामार्फत हेर्न र सुन्न सकिने कम्पनीले जनाएको छ ।

एन्थममा युनिक पोयटका नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ भने ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेका छन् । गीतको निर्माण 'एनएफटीपी' टिमले गरेको कम्पनीको भनाइ छ ।

चौका–छक्कासँगै बढ्ने उत्सुकता, दर्शकदीर्घाबाट गुञ्जिने हुटिङ र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई संगीतमार्फत अभिव्यक्त गरिएको कम्पनीको दाबी छ । विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटतर्फ बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार गरिएको बताइएको छ ।

प्रायोजन साझेदारी

एनपीएल सिजन ३ मा एक्सट्रिम इनर्जी ड्रिंक काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा जोडिएको छ । पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ ।

खेलाडीको जित्ने अठोट, टोलीप्रति समर्थकको विश्वास र दर्शकदीर्घाको उत्साहलाई संगीतमार्फत जोडेर क्रिकेटप्रेमीको भावनासँग नजिकिने प्रयास गरिएको कम्पनीको भनाइ छ । खेलाडीले मैदानमा गर्ने प्रदर्शनको जोस र दर्शकले महसुस गर्ने रोमाञ्चलाई स्वरमा उतार्दै क्रिकेटको माहोललाई थप जीवन्त बनाउने अपेक्षा कम्पनीले राखेको छ ।

क्रिकेटको सौन्दर्य केवल मैदानभित्रको प्रतिस्पर्धामा सीमित नभई खेलाडी र समर्थकबीचको साझा भावनामा पनि रहन्छ भन्ने धारणा कम्पनीले अघि सारेको छ । सोही सम्बन्ध र क्रिकेटप्रतिको साझा प्रेमलाई संगीतमा उतारिएको एन्थमले नेपाली क्रिकेटको उत्साहलाई नयाँ लय दिने विश्वास गरिएको कम्पनीको भनाइ छ ।