मुख्य सामग्रीमा जानुहोस्

एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्स सुदूरपश्चिममाथि ७ विकेटले विजयी

नेपाल प्रिमियर लिग क्रिकेटको तेस्रो सिजनको पहिलो दिन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । बलिङमा किशोर महतो र शेर मल्ल तथा ब्याटिङमा डी’आरसी शट र आसिफ शेखको प्रदर्शनले लुम्बिनीलाई सहज जित…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्स सुदूरपश्चिममाथि ७ विकेटले विजयी
eKantipur

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको पहिलो खेलमा गत वर्षको विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले ९.५ ओभरमै जित सुनिश्चित गर्‍यो ।

यो जितसँगै लुम्बिनीले उपाधि बचाउ अभियानको सुरुवात गरेको छ । गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

लुम्बिनीको सफलतामा बलिङतर्फ किशोर महतो र शेर मल्लले गरेको उत्कृष्ट प्रदर्शनका साथै डी’आरसी शट र आसिफ शेखको आक्रामक ब्याटिङले महत्वपूर्ण भूमिका खेल्यो ।

शट र आसिफको आक्रामक ब्याटिङ

डी’आरसी शटले १८ बलमा ४० रन बनाएर आउट भए । उनले इनिङ्सको पहिलो बलमै कुग्लेनलाई डिप स्क्वायर लेगतर्फ छक्का प्रहार गरेका थिए । उनको पारीमा ४ चौका र ३ छक्का रहे ।

यसैगरी यसअघि जनकपुर बोल्ट्सबाट दुई सिजन खेलेका आसिफ शेखले २५ बलमा ३२ रन बनाए । उनले समान २ चौका र २ छक्का प्रहार गरे । स्कट कुग्लेनको एकै ओभरमा आसिफले २ छक्का र १ चौका हानेपछि लुम्बिनीले ५ ओभरमै ५० रनको योगफल पार गरेको थियो ।

पावर प्लेको ६ ओभर सकिँदा लुम्बिनीको योगफल ७० रन पुगेको थियो ।