मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पतालमा, २१ जना डिस्चार्ज

भोटेकोशी नदीको विनाशकारी बाढीबाट उद्धार गरिएका ४८ जना घाइते त्रिवि शिक्षण अस्पताल पुगेका छन् । अस्पतालका अनुसार २७ जनाको उपचार भइरहेको छ भने २१ जना डिस्चार्ज भइसकेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पतालमा, २१ जना डिस्चार्ज
Online Khabar

१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका व्यक्तिहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या ४८ पुगेको छ ।

अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार शुक्रबार दिउँसो ४ बजेसम्म बाढी प्रभावित ४८ जनामध्ये २७ जनाको उपचार जारी छ । उपचारपछि २१ जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।

हाल उपचाररत बिरामीमध्ये ६ जना आईसीयूमा छन् । एक जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले ५ वर्षको बालकदेखि ५० वर्ष उमेर समूहका घाइते उपचाररत रहेको बताइएको छ ।