मुख्य सामग्रीमा जानुहोस्

तनहुँको जामुनेमा तीन सवारी ठोक्किँदा दुई घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जना ईभी माइक्रोका चालक र अर्का माइक्रोमै सवार नौ वर्षीया बालिका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
तनहुँको जामुनेमा तीन सवारी ठोक्किँदा दुई घाइते
Nagariknetwork

पृथ्वीराजमार्गको तनहुँ खण्डमा पर्ने म्याग्दे गाउँपालिका–२ जामुनेमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो जामुनेमा ठोक्किएको प्रहरीले जनाएको छ।

ठक्करको धक्काले स्कारपिओ अनियन्त्रित भई डिभाइडर नाघेर विपरीत लेनतर्फ पुगेको र त्यहाँ पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग भिडेको प्रहरीले जनाएको छ। सुरुमा ​दुई सवारी ठोक्किएको र त्यसकै कारण तेस्रो सवारीसमेत दुर्घटनामा परेको हो।

घाइते हुनेमा ईभी माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र सोही माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार छन्। दुवै जनाको उपचार प्रदेश अस्पताल दमौलीमा भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

दुर्घटनामा परेका तीनै सवारीसाधनको विवरण प्रहरीले संकलन गरेको छ र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाइएको छ।