मुख्य सामग्रीमा जानुहोस्

सुनसरीमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु, अर्का एक घाइते

सुनसरीको गढी गाउँपालिकामा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। अनियन्त्रित भएको मोटरसाइकल सडकबाट नहरमा खसेको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सुनसरीमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु, अर्का एक घाइते

सुनसरीको गढी गाउँपालिका–३ स्थित चालीसहट्टीमा गएराति एउटा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएका छन्। छिटाहाबाट औराबनी तर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल सडकबाट नहरमा खसेको प्रहरीले जनाएको छ।

उपचारका क्रममा मृत्यु र घाइतेको अवस्था

दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएका सप्तरीको तिरहुत गाउँपालिका–३ निवासी २५ वर्षीय शिवम यादवको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएकोमा सोही अस्पतालमा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी, सोही दुर्घटनामा सप्तरीकै हनुमाननगर कंकालिनी गाउँपालिका–४ का २३ वर्षीय दीपक कुमार यादव घाइते भएका छन्। उनको अहिले कोशी अस्पताल विराटनगरमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना गएराति करिब सवा ११ बजे भएको थियो।