तनहुँको बन्दीपुर गाउँपालिकामा अचेत अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर १ बन्दीपुर छाप भन्ने स्थानमा गएराति बेहोस फेला परेका ३३ वर्षीय युवकको ज्यान गएको हो ।
उपचारका क्रममा मृत्यु
प्रहरीका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नम्बर १ सालटार बस्ने ३३ वर्षीय सोनाम थापा रहेका छन् । गएराति करिब ११ बजेको समयमा उनी बन्दीपुर छापमा अचेत अवस्थामा फेला परेका थिए । फेला लगत्तै उनलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मीसिटी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
घटनाको अनुसन्धान सुरु
थापा कुन परिस्थितिमा अचेत अवस्थामा पुगेका थिए र उनको मृत्युको कारण के हो भन्नेबारे विस्तृत विवरण खुल्न बाँकी छ । यस घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय आबुखैरेनीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

