फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध १-१ को बराबरी गोल फर्काएको छ। एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा अर्जेन्टिना पहिले पछि परेको थियो तर अन्तिममा बराबरी गर्न सफल भयो।
खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। तर, ८५औं मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले कप्तान लियोनल मेसीको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे। यससँगै खेल १-१ को बराबरीमा पुग्यो।
खेलको बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। अब खेलको निर्णय अतिरिक्त समय तथा पेनाल्टी सुटआउटमा हुनेछ।






