फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ। एटलान्टा स्टेडियममा जारी खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
गोर्डनले मोर्गन रोजर्सको असिस्टमा गोल गरेको बताइएको छ। यो गोलसँगै इंग्ल्यान्डले अर्जेन्टिनालाई दबाबमा राख्न सफल भएको छ। खेल अझै जारी छ।






