इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले एभरटनलाई २–० ले हराएको छ । चेल्सीको जितमा पेड्रो नेटोले दुई गोल गरे । यो नतिजासँगै चेल्सी १३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
काठमाडौंमा प्राप्त विवरणअनुसार पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेन । गोलरहित पहिलो हाफपछि नेटोले ४६औं मिनेटमा पहिलो गोल गरे भने ९०औं मिनेटमा दोस्रो गोल थपे । यो जितले चेल्सीलाई लिगमा जनवरीयताको पहिलो क्लिन सिट पनि दिलाएको छ ।
पराजयपछि एभरटन १० अंकमा सीमित हुँदै छैटौं स्थानमा रहेको छ । यो हारले एभरटनको यो सिजन लिगमा अपराजित रहँदै आएको यात्रामा पनि पूर्णविराम लगाएको छ ।
खेलकै क्रममा चेल्सीका गोलरक्षक इमिलो मार्टिनेजलाई चोट लागेको थियो । चोटपछि उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको जनाइएको छ ।







