७ साउन, काठमाडौं। आईसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय शृङ्खलामा नेपालले आज दोस्रो खेल खेल्दै छ। नेपालको सामना आयोजक नेदरल्यान्ड्ससँग हुनेछ।
खेल नेदरल्यान्ड्सको युट्रेक्ट सहरमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। यस शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी छन्।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो। नामिबियाविरुद्धको जितले नामिबिया नेपालसँग बराबरी अंकमा पुगेको छ। दुवै टोलीले २९ खेल खेल्दा २४ अंक जोडेका छन्, तर नेट रनरेटमा नेपाल अगाडि छ।
अंकतालिकामा सुधारको आवश्यकता
लिग २ को अंकतालिकामा नेपाल पाँचौं स्थानमा छ। २८ खेलमा ३२ अंक रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। शीर्ष चारमा पर्न सके नेपालले ओडीआई विश्वकप छनोटमा सिधा प्रवेश पाउनेछ। शीर्ष छ मा रहे ओडीआई स्टाटस जोगिने सुनिश्चित हुन्छ।
नेपाली टोलीका लागि यो खेल र त्यसपछिको अन्तिम शृङ्खला निकै महत्वपूर्ण रहेको छ। आजको खेलमा सुधार गर्दै शीर्ष स्थानमा उक्लिन नेपाललाई जितको खाँचो छ।
नेपाली टोली
नेपालको टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र अर्जुन कुमाल रहेका छन्।



