मुख्य सामग्रीमा जानुहोस्

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको निःशुल्क टेलिफोन सेवा

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् । टेलिकमले पाँच दिनका लागि जाजरकोट,…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको निःशुल्क टेलिफोन सेवा

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुम(पश्चिम) र रुकुम(पूर्व)मा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्कयता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिनेछ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।