काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ५५ रुपैयाँले घटेर ४ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी ४ हजार ५ सय ५ रुपैयाँ प्रतितोला रहेको थियो।
यस साताको मूल्य
यस साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने मङ्गलबार २ लाख ८५ हजार ६ सय रुपैयाँ रहेको थियो। चाँदीको मूल्य बुधबार ४ हजार ४ सय ८० रुपैयाँ र मङ्गलबार ४ हजार ३ सय ७० रुपैयाँ प्रतितोला रहेको थियो।
अन्तर्राष्ट्रिय बजार
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य करिब ४ हजार ४५ अमेरिकी डलर प्रतिऔंस रहेको छ भने चाँदी ५७ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
