मुख्य सामग्रीमा जानुहोस्

फिलिपिन्समा डुंगा दुर्घटना हुदाँ २१ जनाको मृत्यु

मनिला – फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ । राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ ।…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

फिलिपिन्समा डुंगा दुर्घटना हुदाँ २१ जनाको मृत्यु

मनिला – फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ । राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ ।

बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ। यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।