रोल्पा, २९ साउन । रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ५९ वर्षीय वीरबहादुर खत्री रहेका छन्।
बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो।
उपचारका क्रममा ज्यान गयो
स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउने क्रममा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पुष्टि गरेका छन्।
चट्याङका कारण भएको यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कारबाही अघि बढाएको जनाएको छ।






