मुख्य सामग्रीमा जानुहोस्

ऊर्जा अभावले इरानमा करिब ६ लाख श्रमिकको रोजगारी गुम्यो : सांसद

अमेरिका र इजरायलसँगको युद्धका कारण इरानमा थप आर्थिक दबाब बढिरहँदा ऊर्जा अभावले औद्योगिक उत्पादन घटेको छ। एक इरानी सांसदका अनुसार यसले करिब ६ लाख श्रमिकको रोजगारी खोसिसकेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
ऊर्जा अभावले इरानमा करिब ६ लाख श्रमिकको रोजगारी गुम्यो : सांसद
Online Khabar

अमेरिका र इजरायलसँगको युद्धका कारण इरानमा थप आर्थिक संकटको जोखिम बढिरहेका बेला ऊर्जा अभावले औद्योगिक उत्पादन घटाएको र करिब ६ लाख श्रमिकले रोजगारी गुमाएको एक इरानी सांसदले बताएका छन्।

सांसद नस्रोल्लाह पेजमानफारले खनेह मेल्लत समाचार एजेन्सीसँग कुरा गर्दै प्राकृतिक ग्यासको अभाव यही रूपमा जारी रहे अझै १० लाखभन्दा बढी कामदारले रोजगारी गुमाउन सक्ने चेतावनी दिएका छन्। ऊर्जा संकटले उत्पादनमा परेको असर सिधै रोजगारीमा देखिएको उनको भनाइ छ।

विद्युत् उत्पादन केन्द्रहरूमा उत्पादन गम्भीर रूपमा घटेपछि इरानले आइतबार पुनः विद्युत् कटौती सुरु गरेको छ। यसअघि पनि देशले यस्तै अवस्थामा लोडसेडिङ गर्नुपरेको थियो।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भने ऊर्जा खपत सुधार्नु देशको सबैभन्दा जरुरी र प्राथमिकताको विषय हो। यो सुधार पेट्रोलबाट नभई प्राकृतिक ग्यासबाट सुरु गर्नुपर्ने उनको भनाइ छ।

यसैबीच, राष्ट्रपति मसुद पेजेस्कियानले इरान अहिले 'मौन आर्थिक युद्ध' को सामना गरिरहेको बताएका छन्। अमेरिका र इजरायलसँगको सैन्य द्वन्द्वभन्दा आर्थिक युद्ध झन् कठिन रहेको उनको भनाइ छ।