मुख्य सामग्रीमा जानुहोस्

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित छ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार काठमाडौं, ललितपुर र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Online Khabar

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकसँग उठाइएको रकम गैरकानुनी ढंगले मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो जानकारी दिएको हो ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । उनीहरूसँगै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसहितको जाहेरीलाई आधार बनाएर उनीहरूलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ । काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कति रकम पठाइयो ?

मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७९ हजार ८८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाउने निर्णय भएको प्रहरीको भनाइ छ ।

सम्झौताको दायरा तथा कानुनी प्रक्रिया नै उल्लंघन गर्दै अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराउने उक्त निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ ।

श्रमिकलाई संगठित रूपमा ठगी गरिँदा मौन बसेको, पीडितलाई कानुनी उपचार नदिएको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धान ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत भइरहेको छ ।