मुख्य सामग्रीमा जानुहोस्

महेन्द्रनगरमा प्रहरी कार्यालय परिसरमै झगडा, छ जना नियन्त्रणमा

कञ्चनपुरको महेन्द्रनगरमा रहेको वडा प्रहरी कार्यालय परिसरमै कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएपछि जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै छ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
महेन्द्रनगरमा प्रहरी कार्यालय परिसरमै झगडा, छ जना नियन्त्रणमा
Online Khabar

कञ्चनपुरको महेन्द्रनगरमा रहेको वडा प्रहरी कार्यालय परिसरमा भएको झै–झगडामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच झगडा भएपछि उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार नियन्त्रणमा पर्नेमा भीमदत्त नगरपालिका–५ का पाँच जना र भीमदत्त नगरपालिका–१७ का एक जना छन्। प्रहरीले दिएको विवरणअनुसार भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार र २६ वर्षीय रोहित लुहार तथा भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली पक्राउ परेका हुन्।

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै विवादमा संलग्न छ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको हो।