मुख्य सामग्रीमा जानुहोस्

कोशीमा सरकारी कामकाजको भाषा विधेयक प्रमाणीकरण, नेपालीसहित १३ राष्ट्रभाषालाई कानुनी आधार

कोशी प्रदेशमा सरकारी कामकाजमा नेपालीबाहेक थप १३ राष्ट्रभाषा प्रयोग गर्ने कानुनी बाटो खुला भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले भाषा सम्बन्धी विधेयक २०८३ प्रमाणीकरण गरेपछि यो ऐन राजपत्रमा प्रकाशन हुने क्रममा छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
कोशीमा सरकारी कामकाजको भाषा विधेयक प्रमाणीकरण, नेपालीसहित १३ राष्ट्रभाषालाई कानुनी आधार
Nagariknetwork

कोशी प्रदेशमा सरकारी कामकाजमा नेपालीसँगै अन्य भाषा पनि प्रयोग गर्न सकिने कानुनी आधार तयार भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमाणीकरणको जानकारी दिएको हो। प्रदेश सभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रमाणीकरण गरेको विज्ञप्तिमा उल्लेख छ।

विधेयक प्रमाणीकरण भएसँगै प्रदेशका सरकारी कामकाजमा राष्ट्रिय भाषा नेपालीका अतिरिक्त अन्य १३ वटा राष्ट्रभाषा प्रयोगमा ल्याउने कानुनी बाटो खुला भएको छ। यी भाषाको प्रयोगका लागि आवश्यक कानुनी आधार अब तयार भएको हो।

ऐनको कार्यान्वयन भने प्रदेश राजपत्रमा प्रकाशन भएपछि मात्र सुरु हुनेछ। प्रदेश सरकारले यसलाई महागुरु फाल्गुनन्द जयन्तीका दिनदेखि लागू गर्ने तयारी गरेको छ। फाल्गुनन्द जयन्ती कार्तिक २५ गते पर्छ।

आर्थिक कार्यविधि विधेयक पनि प्रमाणीकरण

सोही दिन प्रदेश प्रमुख खापुङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३ पनि प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार उक्त विधेयक बिहीबार प्रमाणीकरण भएको हो।