सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार बिहान उनलाई पाँचौं मुख्यमन्त्री पदमा नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका हुन्।
नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलका नेता रहेका भट्टले प्रदेश प्रमुखसमक्ष शुक्रबार बिहान दाबी पेस गरेपछि नियुक्तिको प्रक्रिया अघि बढेको हो। प्रदेश सरकारका अनुसार उनको दाबीलाई नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गरेका थिए।
प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारमा नयाँ नेतृत्व आएको छ।
शपथग्रहण आजै
नवनियुक्त मुख्यमन्त्री भट्ट र नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबारै दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय धनगढीमा हुने तालिका छ।
अघिल्लो सरकारको राजीनामा
यसअघि मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार राजीनामा दिएका थिए। नेकपा एमालेले प्रदेश बजेट विवादलाई लिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनपछि शाहको राजीनामा आएको हो।






