नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले पार्टी एकताका नाममा लोकतान्त्रिक समाजवाद र बीपीवादलाई किनारा लगाउन नसकिने बताएका छन्। कांग्रेसको संस्थापन इतर समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सभापति गगन थापालाई लक्षित गर्दै आफूहरू लास र दास नभएको आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन्।
उनले आफूहरू गगन थापाजस्तो लास र दास नभएको बताउँदै पार्टी एकता गर्न चाहेको उल्लेख गरे। तर एकता विधि र विधानका आधारमा मात्र हुनुपर्ने उनको भनाइ छ। लोकतान्त्रिक समाजवादलाई छाडेर एकता सम्भव नहुने उनले स्पष्ट पारे।
राष्ट्रियता र लोकतन्त्रको सवाल
राष्ट्रियता र लोकतन्त्रका विषयमा कुरा नगरी पार्टी एकता हुन नसक्ने बस्नेतको तर्क छ। बीपीवाद नै एकताको मूल आधार भएको भन्दै उनले त्यसलाई छाड्ने हो भने अर्कै पार्टी बनाउनुपर्ने हुनसक्ने चेतावनी दिएका छन्।






