मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण : नेपाल र भारतबीच आठ विषयमा समझदारी

नेपाल र भारतबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद, स्याटकम नेटवर्क, सहरी विकास, स्वास्थ्य र पशुपालन–मत्स्यपालन गरी आठ क्षेत्रमा समझदारी भएको छ। प्रधानमन्त्री बालेन शाहको भारत…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण : नेपाल र भारतबीच आठ विषयमा समझदारी
Online Khabar

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुई देशबीच आठ विषयमा समझदारी भएको छ। भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि ती विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीका विषय शैक्षिक तथा अनुसन्धान सहकार्यदेखि सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार नेटवर्क, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन एवं मत्स्यपालनसम्म फैलिएका छन्।

यी हुन् हस्ताक्षर भएका आठ समझदारी

  1. शैक्षिक तथा अनुसन्धान सहकार्य : गुजरातको गान्धीनगरमा अवस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारीपत्र।

  2. सुरक्षा तथा प्रहरी प्रतिष्ठानबीच सहकार्य : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) का बीच समझदारीपत्र।

  • निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम : भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागमातहतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारीपत्र।

  • आयुर्वेद तथा परम्परागत चिकित्सा : आयुर्वेद र अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्यका लागि भारत र नेपाल सरकारबीच समझदारीपत्र।

  • स्याटेलाइट सञ्चार नेटवर्क स्थापना : दक्षिण एसिया स्याटेलाइटको उपयोग गर्दै स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क बनाउने विषयमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र।

  • दिगो सहरी विकास : दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्न दुई सरकारबीच समझदारीपत्र।

  • स्वास्थ्य तथा चिकित्सा : स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यका लागि भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारीपत्र।

  • पशुपालन तथा मत्स्यपालन विकास : पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्ने विषयमा भारत र नेपाल सरकारबीच समझदारीपत्र।