मुख्य सामग्रीमा जानुहोस्

कर्णालीका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै, अघि एमालेसँग वार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मतअघि नेकपा एमाले र नेकपाबीच छलफल हुनेछ । प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कर्णालीका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै, अघि एमालेसँग वार्ता
Online Khabar

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको विश्वास प्राप्त गर्नुपर्ने हुन्छ ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनुभन्दा अघि नेकपा एमाले र नेकपाबीच भेट हुने भएको छ । नेकपाका नेता कालीबहादुर मल्लले विश्वासको मत, सत्ता समीकरण र आगामी सरकार सञ्चालनका विषयमा दुई दलबीच कुराकानी हुने बताएका छन् । एमाले र नेकपाबीचको छलफलपछि अन्य दलहरूसँग पनि छलफल गर्ने तयारी रहेको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत माग्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि शाहीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

विश्वासको मत प्राप्त भए सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ । सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण र प्रदेशका समसामयिक समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्यमन्त्री शाहीले बताएका छन् ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत साउन ९ गते राजीनामा दिएका थिए । उनको राजीनामापछि साउन १२ गते नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।