मुख्य सामग्रीमा जानुहोस्

कांग्रेस संस्थापनइतरको भेलामा १० जिल्ला र १७ क्षेत्रीय सभापति सहभागी

नेपाली कांग्रेसको संस्थापनइतरले गरेको राष्ट्रिय भेलामा १० जिल्ला सभापति र १७ क्षेत्रीय सभापति सहभागी भएका छन्। पार्टीले निलम्बन गरेका रामेछाप र बाराका जिल्ला सभापति पनि भेलामा सक्रिय थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
कांग्रेस संस्थापनइतरको भेलामा १० जिल्ला र १७ क्षेत्रीय सभापति सहभागी
Online Khabar

नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति र १७ क्षेत्रीय सभापति सहभागी भएका छन्। साउन २९ देखि ३१ गतेसम्म सम्पन्न सो भेलामा सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूको उपस्थिति सबैभन्दा बढी रहेको छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला सभापति भने भेलामा उपस्थित भएनन्। बागमती र कर्णालीबाट भने एक–एक जना जिल्ला सभापतिले मात्र सहभागिता जनाए।

जिल्ला सभापतिहरूको सहभागिता

बागमती प्रदेशबाट भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा मात्रै भेलामा सहभागी भए। कर्णालीबाट मुगुका ऐनबहादुर शाही उपस्थित थिए। गण्डकीका स्याङ्जा, बागलुङ र म्याग्दीका जिल्ला सभापति क्रमशः राजु थापा, जित शेरचन र खमवीर गर्बुजा पनि संस्थापनइतरको भेलामा सहभागी भए।

सुदूरपश्चिमबाट कैलालीका नारायणदत्त भट्ट, कञ्चनपुरका पदमबहादुर बोगटी, डोटीका नरेन्द्रबहादुर सिंह, डडेलधुराका भीमबहादुर साउद र बझाङका खड्कबहादुर बोहरा भेलामा उपस्थित थिए।

पार्टीले जिल्ला सभापति पदबाट निलम्बन गरेका रामेछापका कान्छाराम तामाङ र बाराका राजेश राय यादवको पनि भेलामा सक्रिय सहभागिता रहेको थियो।

क्षेत्रीय सभापतिहरूको उपस्थिति

क्षेत्रीय सभापतितर्फ १७ जना भेलामा गएका थिए। कोशीबाट मोरङ–६ का देबु तामाङ र उदयपुर–१ का रामकुमार खत्री, मधेशबाट महोत्तरी–३ का राघवेन्द्र झा, रौतहट–३ का शरफुलाल गुप्ता, बारा–२ का रामप्रवेश यादव र बारा–४ का सुनिल गुप्ता सहभागी भए। बारा–४ का क्षेत्रीय सभापति गुप्ताले चुनावमा असहयोग गरेको भन्दै पार्टीमा उजुरी परेको छ।

बागमतीबाट काठमाडौं–९ का जयकृष्ण महर्जन, काठमाडौं–१० का पुकार महर्जन, नुवाकोट–१ का ध्रुव श्रेष्ठ र सिन्धुपाल्चोक–१ का बालकृष्ण बस्नेत भेलामा सहभागी थिए। गण्डकी प्रदेशबाट कुनै पनि क्षेत्रीय सभापति सहभागी भएनन्। लुम्बिनीबाट कपिलवस्तु–१ का अब्दुल मुनान खाँ र बाँके–१ का पोषण केसी उपस्थित भए।

कर्णालीबाट सुर्खेत–१ का झकबहादुर डाँगी र सुर्खेत–२ का इन्द्र राहुल तथा सुदूरपश्चिमबाट कैलाली–३ की रिता चौधरी, कञ्चनपुर–२ का लालबहादुर सिंह र कञ्चनपुर–३ का केशव चन्द भेलामा सहभागी भएका थिए।