मुख्य सामग्रीमा जानुहोस्

बाराको सिमरामा बालिका हत्याका दोषीलाई कडा कारबाही गर्न सांसदहरूको माग

बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्। रास्वपा सांसद रहबर अन्सारीले बालिका हराएको जानकारीपछि २४ घण्टासम्म प्रहरीबाट खोजी नभएको बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाराको सिमरामा बालिका हत्याका दोषीलाई कडा कारबाही गर्न सांसदहरूको माग
Online Khabar

प्रतिनिधिसभाको बुधबारको बैठकमा बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्। उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको कमजोरी देखिएको भन्दै पूर्ण छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

बैठकमा रास्वपा सांसद रहबर अन्सारीले बालिका हराएको जानकारी दिइएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट खोजी वा कारबाहीको कुनै पहल नभएको बताए। घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले चालेका कदमको स्पष्ट अभिलेख सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने उनको माग छ।

अन्सारीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन आग्रह पनि गरे। अन्य सांसदहरूले पनि घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सिमरामा मृत अवस्थामा फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको देखाएको छ। जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट बेपत्ता भएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको प्रहरीले जनाएको छ।