मुख्य सामग्रीमा जानुहोस्

बागमतीमा सरकार बनाउन राप्रपाको समर्थन नभएको लिङ्देनको स्पष्टोक्ति

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको बताएका छन् । किरण थापाको मुख्यमन्त्री समर्थनमा बुझाइएको पत्र पार्टी निर्णयविपरीत भएको उनको भनाइ छ । पार्टी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बागमतीमा सरकार बनाउन राप्रपाको समर्थन नभएको लिङ्देनको स्पष्टोक्ति
Online Khabar

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउने गरी बुझाइएको समर्थन पत्र पार्टीको निर्णयविपरीत रहेको बताएका छन् ।

लिङ्देनका अनुसार बागमती प्रदेशसभामा सरकार निर्माणको प्रक्रियामा राप्रपाको समर्थन कुनै पनि दलसँग छैन । मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापाको पक्षमा रहेको भन्दै पेस गरिएको पत्र पार्टीको आधिकारिक निर्णय नभएको उनले स्पष्ट पारेका छन् ।

उक्त विषय प्रदेश प्रमुखलाई जानकारी गराइसकेको लिङ्देनले बताएका छन् । पार्टीको निर्णयविपरीत क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि अनुशासनको कारबाही प्रक्रिया पनि सुरु भइसकेको उनको भनाइ छ ।