५ भदौ, काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाको तुलनामा इरान बलियो स्थितिमा रहेको दाबी गरेका छन् । उनले अब युद्ध समाप्त गर्ने बेला आएको समेत बताएका छन् ।
बीबीसी फारसीका अनुसार इरानी राष्ट्रपतिले अमेरिकाविरुद्धको आफ्नो जित पूरा विश्वले स्वीकार गरिसकेको दाबी गरेका छन् । उनले भने, ‘पूरा विश्व हाम्रो जित स्वीकार गर्छ ।’
यस कुरामा जोड दिन्छ कि अमेरिकाले सबै नियमविपरीत हाम्रा विद्यालय, अस्पताल र आधारभूत संरचनामाथि हमला गरेको छ । विश्वभरि उसलाई घृणा गरिँदै छ ।
पेजेस्कियानले अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको सम्झौतालाई ठूलो उपलब्धि भएको पनि बताएका छन् । उनले सम्भावित आक्रमणका अगाडि आत्मसमर्पण नगरिने प्रस्ट पारेका छन् ।
उनले भने, ‘यसमा केही सन्देह छैन कि हामी कुनै पनि तवरले दादागिरीअगाडि झुक्नेछैनौं । हामी आफ्नो अन्तिम साससम्म उनीहरूविरुद्ध खडा रहन्छौं र जोडदार जवाफ दिनेछौं ।’







