मुख्य सामग्रीमा जानुहोस्

होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्ने ट्रम्पको धारणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्ने बताएका छन्। साउथ क्यारोलाइनाको चुनावी र्यालीमा उनले इरान सही सम्झौताका लागि तयार नरहेको राय व्यक्त गरे। अमेरिकाले सोमबार…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्ने ट्रम्पको धारणा
Online Khabar

६ भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्छौं भन्ने धारणा राखेका छन्। साउथ क्यारोलाइनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहे पनि सही सम्झौताका लागि तयार नरहेको आफ्नो राय व्यक्त गरे। उनले इरानलाई कहिल्यै परमाणु हतियार हासिल गर्न नदिनुपर्ने बताउँदै यदि इरानले परमाणु हतियार पायो भने अत्यन्तै नराम्रो हुने चेतावनीसमेत दिए।

क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति ठूलो रहेको र इरानमाथि आर्थिक दबाब बढिरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो। बीबीसीले जनाएअनुसार अमेरिकाले सोमबार इरानविरुद्ध नयाँ प्रतिबन्धबारे जानकारी दिने तयारी गरेको छ।

अमेरिकी अधिकारीहरूले नयाँ प्रतिबन्धको असर चीनसहित इरानका ठूला कारोबार साझेदार देशमा समेत पर्न सक्ने बताएका छन्।